डेटलाइन स्यूचाटार
रुपक
विश्लेषण
भण्डार
तथ्याङ्क
विचार मञ्च
डायरी
स्थलगत अध्ययन
प्रतिवेदन
प्रकाशन
वर्ष पुस्तक
पुस्तकालय
प्रेस विज्ञप्ति
इन्सेक बारे
माइन प्रतिवेदन
 
 


 विश्लेषण

मासिक विश्लेषण सेप्टेम्बर २००७

 

सेप्टेम्बर २००७ यसअघिका महिनाझैं कुनै अर्थमा सुखद रहेन यस महिना भएका केही घटनाले नेपाली जनमानसमा लामो समयसम्म प्रभाव पार्नेछ यीमध्ये एक घटना कपिलवस्तु छिमेकी जिल्लामा फैलिएको हिंसा इन्सेकअनलाइनमा प्रमुखताका साथ आइरहृयो

 

अज्ञात समूहले मधेशी लोकतान्त्रिक मोर्चाका अध्यक्ष तत्कालीन प्रतिकार समितिका नेता कपिलवस्तुका मोइद खानको हत्या गरेपछि भडि्कएको हिंसा प्रतिहिंसामा १८ जनाको ज्यान गएको, १६ जना उपचाररत रहेको ५० जना विस्थापित भएको स्थलगत प्रतिवेदनले देखायो पछि यस हिंसामा सयौं गाउँले विस्थापित भएको अर्बौको क्षति भएको जानकारी प्राप्त भयो पहाडी मूलका नागरिकमाथि आक्रमण भएपछि प्रति आक्रमणमा मधेशी मुसलमान समुदायका नागरिक पीडित भए हिंसा छिमेकी जिल्लाहरू रुपन्देही, दाङमा पनि फैलियो भने प्युठानसम्मका मुसलमान समुदायका व्यक्ति विस्थापित भए हिंसा यहाँबाट बाँकेलगायत अझै पश्चिमी जिल्लामा नफैलिएकोमा धेरैले राहतको सास फेरे

 

करीब एक हप्ताको घटनाक्रम हेर्दा खानको हत्यापछि भडि्एको हिंसा स्वतस्फूर्त या सुनियोजित थियो त्यो सरकारले घटनाको छानबीन गर्न गठित समूहको प्रतिवेदनबाट खुल्नेछ तर यसले जुन प्रकारको साम्प्रादायिकताको रुप लियो यसले लामो समयसम्म मधेशी पहाडीबीच हाल पैदा भएको अविश्वासको खाडल पुर्न लामो समय लिनेमा दुई मत छैन

 

यसरी नै, काठमाण्डौमा गराइएको तीन बम विस्फोटन पनि इन्सेकअनलाइनमा प्रमुखता पायो तराई आर्मीद्वारा दाबी गरिएका यी विस्फोटनमा दुई विद्यार्थीलगायत तीन जनाको मृत्यु भयो भने २६ जना घाइते भए सञ्चार माध्यममार्फत तराईमा जारी मधेशी समूहको हिंसक गतिविधिको जानकारी पाइरहेका राजधानीबासीलाई दिनदहाडै भएका यस्ता आक्रमणले आतंकित तुल्यायो साथै राजधानीमा समेत यस प्रकारका घटनाले देशको कमजोर सुरक्षा अवस्था उजागर गर्यो

 

तराईका विभिन्न संगठित समूहहरूले विभिन्न प्रकारका मानवअधिकार उल्लघंनका क्रियाकलाप जारी राखे तराई जनतान्त्रिक मुक्ति मोर्चा (जतमुमो) का दुई गुट, मधेशी जनअधिकार फोरम, तराई आर्मीलगायतले हत्या, अपहरणको क्रम जारी राख्नुका साथै विभिन्न मागमा बन्दको आहृवान गरिरहे ज्वाला सिंह समूहको जतमुमोले दुई जनाको हत्यो गर्यो भने गोइत समूहबाट एक जनाको हत्या भयो अज्ञात समूहबाट आठ जनाको हत्या भयो भने माओवादीले एक जनाको हत्या गरे

 

सेप्टेम्बर महिनामा २७ जनाको अपहरण भयो यीमध्ये आठ जनालाई माओवादीले अपहरण गरे भने तीन जना माओवादीको युवा संठगन वाईसीएलबाट अपहरित भए ज्वालासिंह समूहले पाँच जनाको अपहरण गर्यो भने गोइत समूहले दुई जनाको अपहरण गर्यो संयुक्त जतमुमो मधेशी जनअधिकार फोरमले एकएक जनाको अपहरण गरे भने सात जनालाई अपहरण गर्ने समूहको यकिन हुन सकेन यी अपहरणका माओवादीले आफ्नो क्रियाकलापमा सुधार नल्याएको