डेटलाइन स्यूचाटार
रुपक
विश्लेषण
भण्डार
तथ्याङ्क
विचार मञ्च
डायरी
स्थलगत अध्ययन
प्रतिवेदन
प्रकाशन
वर्ष पुस्तक
पुस्तकालय
प्रेस विज्ञप्ति
इन्सेक बारे
माइन प्रतिवेदन
 
 


 विचार मञ्च

मानवअधिकार, न्याय र मिडिया

लक्ष्मणदत्त पन्त

 

सञ्चार त्यस्तो संयन्त्र हो जसको माध्यमबाट सबै मानवीय सम्बन्धले मस्तिष्कका सबै संकेतलाई निर्देशित गर्छ मिडिया त्यो रूप संस्था हो जहाँ विभिन्न विचार, सूचना प्रवृत्तिहरूको आदानप्रदान गरिन्छ मिडियाले सञ्चारका लागि समाज, समुदाय देशका बीचमा प्रभावकारी स्थान सिर्जना गरेको हुन्छ त्यसो मिडिया सामाजिक सहमति विवाद दुवैको जडसमेत मानिन्छ सञ्चारविद् जेम्स क्यारी भन्छन्, संसारको उत्पत्ति प्रथमतः हाम्रा सांकेतिक कामबाट हुन्छ, त्यसपछि हामी त्यहाँ अस्तित्वका लागि संर्घष गर्न थाल्छौँ जहाँ मिडियाको उपस्थिति अनिवार्य

 

सत्य, न्याय, बदला क्षमादानलाई सामूहिक हिंसाका लागि सामाजिक प्रतिक्रियाका रूपमा अर्थ्याइन्छ द्वन्द्वपछिको पुनर्निर्माण प्रक्रियामा यी शब्द संवेगात्मक असन्तुष्टिको रूपमा पनि छलफल गरिन्छन् न्याय जटिल तर स्वाभाविक मानवीय आवश्यकता हो न्यायलाई मूलतः गलत कामका सहभागीलाई अपराधको प्रायश्चित गराउन गरिएको एक औपचारिक क्रोधात्मक दण्डको प्रक्रियाका रूपमा समेत हेरिन्छ दण्डका रूपमा न्यायको उपस्थिति अपराधको अनुपातका आधारमा गरिनुपर्ने एकथरीको राय विशेषगरी, पीडित पीडकका भिन्नताबीच संक्रमणकालीन न्याय अपर्याप्तमात्र होइन, असम्भवप्रायः हुन्छ नेपालको प्रस्तावित सत्य निरुपण तथा मेलमिलाप आयोग पनि सत्यको खोजी गर्दै पीडितको घाउमा मह्लम लगाउने पीडकलाई न्यायको कठघरामा उभ्याउनेतर्फउन्मुख हुन जरुरी

 

द्वन्द्व प्राकृतिक वा सामान्य दुवै हुनसक्छ, तर हिंसा मेलमिलापजस्तै एउटा रुचि हो मिडियाले सामूहिक रूपमा द्वन्द्व न्यूनीकरणका लागि उपचारको कार्यसमेत गर्नसक्छ द्वन्द्वविशेषज्ञ जनपल लेडरयाच भन्छन्, द्वन्द्वबाट पीडित नागरिकलाई उनीहरूको नोक्सानी दुःख व्यक्त गर्न अवसर स्थान दुवै चाहिन्छ, द्वन्द्वपछिको मेलमिलापका लागि यो अनिवार्य मानिन्छ सो अवसर स्थान उपलब्ध गराउने सबैभन्दा उपयुक्त माध्यम नै मिडिया हो वास्तवमा मिडियाले पीडितमा रहेको हीनताबोध हटाई समाजमा घुलमिल हुन सिकाउँछ भने उनीहरूलाई न्यायको अनुभूतिसमेत गराउन सक्छ

 

मानवअधिकार, द्वन्द्व समाधान प्रक्रिया मिडियाबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ सशस्त्र द्वन्द्वले सधैँ मानवअधिकार हनन् बढाउँछ हत्या, अपहरण, बेपत्ता, काराबास, भौतिक सम्पत्तिको क्षतिजस्ता मानवअधिकार हनन्का घटनाले विभिन्न वर्ग, समूह, धर्म जातिलाई राजनीतिक सहभागिताबाट टाढा राख्छ त्यस्ता समूहले राज्यका विरुद्ध आवाज उठाउँछन् द्वन्द्व चर्किंदै जान्छ मानवअधिकार संरक्षण शान्तिस्थापनाको मेरुदण्ड हो मानवअधिकारका विषयमा सूचना सम्प्रेषण गरी मिडियाले शान्तिप्रक्रियालाई प्रत्यक्ष सहयोग गर्न सक्छन्

 

मानवअधिकारको प्रभावकारी संरक्षण जहिले पनि न्यायसँग सम्बन्धित हुन्छ न्यायसंगत समाजमा मात्र मानवअधिकारको रक्षा हुनसक्छ यस अर्थमा मानवअधिकारको रक्षासँग आबद्ध राजनीतिक व्यवस्थापनले मात्र देशमा दीर्घकालीन शान्तिस्थापना गर्न सक्छ त्यसैगरी, मानवअधिकारवादी विधि अपनाएको खण्डमा द्वन्द्वको प्रमुख कारण पत्ता लाग्न सक्छ त्यसले द्वन्द्व समाधानलाई समेत सम्बोधन