मानव अधिकार सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपालको संयोजनमा ०६४ चैत २५ गते धनकुटामा संविधानसभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरौं भन्ने मूल नाराका साथ नागरिक र्याली सम्पन्न भएको छ ।
जिल्लास्थित इन्सेकसहित मानवअधिकारकर्मी, पत्रकार, वकिलहरू लगायत विभिन्न संस्थाहरूका प्रतिनिधिहरू तथा नागरिक क्षेत्रका प्रबुद्ध वर्गहरूको उल्लेख्य सहभागिता रहेको र्žयाली धनकुटाको मदन चोकदेखि शहीद भीमनारायण चोकसम्म पुगी कोण सभामा परिणत भएको थियो । र्žयालीलाई राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालयका प्रतिनिधीहरू तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले समेत चासो राखेर अवलोकन गरेका थिए ।
र्žयालीमार्फत जिल्लामा बढ्दै गएका संविधानसभालाई असहजता उत्पन्न गर्ने कुनै पनि क्रियाकलापहरू रोक्न राजनीतिक दलहरू तथा प्रशासनसमक्ष आग्रह गरिएको छ । निर्वाचनकै शिलशिलामा भीरगाउँमा मारिएका दिपक दाहालका हत्याराहरूको पहिचान गरी सशक्त कारबाही गर्नसमेत सो अवसरमा माग गरिएको छ । निर्वाचन भड्काउने कुनै पनि प्रकारका गतिविधिहरू रोक्न आग्रह गर्दै मतदानमा अत्याधिक मतदाताहरूको सहभागिता बढाउने वातावरण सिर्जना गर्न समेत सबै पक्षसँग आग्रह गरिएको छ ।
कोण सभामा इन्सेक सहकर्मी संस्था हुसाडेक नेपालका अध्यक्ष तथा मानवअधिकार एलाइन्सका केन्द्रिय सदस्य विदुर सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई र रेडक्रस सोसाईटी धनकुटाका अध्यक्ष द्रोण गुरागाईंले सम्बोधन गरेका थिए ।
र्žयाली समाप्त भएपछि इन्सेक, हुसाडेक, मासम र रेडक्रस सहितको एक टोली जिल्ला प्रहरी कार्यालय धनकुटा गई जिल्लाको अवस्था प्रति आफूहरू गम्भीर भएको बताउँदै र सुरक्षा स्थिति मजवुत बनाउन प्रहरी नायव उपरिक्षक नरबहादुर केसीलाई ध्यानाकर्षण गराइएको छ ।